February 10, 2013

केही रमाइला तथा उपयोगी नेपाली कम्प्युटर टिप्सहरु।



गुगलदाईको सहयोगले
इन्टरनेटको संजालमा रमाइरहदाँ भेटिएका के
ही रमाइला तथा उपयोगी कम्प्युटर टिप्सहरु
यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ मन पराइदिनुहुनेछ।

Create a folder without Name

हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ।

जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस।

2. अब नाम मेटिदिनुहोस (Delete) र खाली बनाउनुहोस।

3. अब Keyboard मा रहेको Alt Button
एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस।

यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।

Speed Of Your Computer

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स।

जसको लागिः

1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस।

2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस।

3. अब पहिला HKEY_
CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस

4. अब Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस।

5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस।

हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड
बढेको महसुस गर्नु हुनेछ ।

Funny Microsoft Word Tips

अब फेरी एउटा रमाइलो टिप्स। यो चाहिँ हामी सबैले प्रयोग गर्ने Microsoft Word सँग सम्बन्धित छ है।

जसको लागिः

1. पहिला Microsoft Word खोल्नुहोस अनि तल रहेको शब्दलाई कपी गरी पेस्ट गर्नुहोस।

=Rand(200,99)
Now Press Enter
छैन त रमाइलो ।

Check whether your anti-virus working or not.

अब फेरी एउटा उपयोगी टिप्स। यो टिप्सले हजुरले प्रयोग गरिरहनुभएको anti-virus ले राम्ररी काम
गरेको छ, छैन थाहा पाउन सहयोग गर्नेछ ।

जसको लागिः
सर्वप्रथम Notepad वा Wordpad खोल्नुहोस र तल दिइएको कुरा लेखेर Save गर्नुहोस। Save गर्दा eicar.com नाम दिनुहोस । यस्तो गर्दा यदि हजुरको anti- virus ले सेभ गर्नबाट रोक्छ भने हजुरको anti-virus ले राम्रो काम
गरिरहेको तर यदि रोक्दैन भने हजुरको anti- virus फेर्दा हुन्छ।

No comments: