नमस्ते ! मेरो ब्लगको दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । मेरो नाम Navraj Ghimire हो। फुर्सदको समयमा किताबहरु पढ्छु, सुचना प्रविधि सम्बन्धि लेखहरु लेख्छु।
February 28, 2013
February 27, 2013
तपाईंको कम्प्युटरको Speed बढाउने १० Tips हरु
१. सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस्, पहिला राम्रो सँग PC लाई Bootup हुन
दिनुस्।
२. कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट
Refresh गर्नुस्| यसले
तपाईंको कम्प्युटरको Ram
मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ।
३. आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४. आफ्नो Desktop मा धेरै
Unnessesary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean
नै राखनुस् । Desktop
मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस्।
५. RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस्। तपाईंले Delete गर्नु
भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ।
६. Temporary Internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७. आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस्। यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै
खाली ठाउँ बनाउछ र Program हरु Fast
चल्छन ।
८. आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस्। सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९. जब तपाईंले नयाँ Software हरु Install
गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस्, यि Icon
हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option
लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले
software हरु Install गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ।
१०. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाउनुस्, किन भने धुलोले
तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर
Slow Down हुन सक्छ ।
यि १० वटा साधारण Tips हरुलाई बिचार पुर्याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed
मा चल्न सक्छ। "
February 23, 2013
यु ट्युबमा भिडियो राखेर कसरी कमाउने पैसा ???
सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।
अनलाइनमार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये
एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट
तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने
यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै
पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ
मात्र यु ट्युमा शेयर गरेर।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप
प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् ।
त्यो के भने तपाइँको भिडियो आफैले तयार
गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको ।
यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब
पार्टनरसीप र्फमभर्नुपर्छ । यसो गर्न तपाइँले
कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक
प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ ।
त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु
ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ ।
उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने
आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।
February 22, 2013
ट्वीटर सम्वन्धी ‘१०’ रोचक तथ्य
१) माईक्रो व्लगिङ ट्वीटरको स्थापना सन् २००६ मा ज्याक डोर्षे (Jack Dorsey) ले गरेका हुन् ।
२) अडियो भिडियो सम्वन्धी काम गर्ने ओडियो (odeo) कम्पनीमा सञ्चार
आदानप्रदान गर्ने उदेश्यले ट्वीटरको विकास गरिएको थियो ।
३) ट्वीटरमा १४० अक्षरसम्म मात्र ट्वीट गर्न मिल्छ । त्यसैले यसलाई ईन्टरनेटवाट पठाईने एसएमएस पनी भनिन्छ ।
४) अमेरिकाका जोसेप क्यासवेल (Joseph Caswell) ले एक मिनेटमा ६२ ट्वीट गरेर विश्व रेकर्ड राखेका छन् । क्यासवेल
भन्दा पहिले अष्ट्रेलियाका माईकल विलसन (Michael Willson) ले एक मिनेटमा ४८ ट्वीट गर्दे रेकर्ड राखेका थिए ।
५) फ्लोरिडाका जोन गार्डेनर (Jon Gardner) ले १ मिनेट ३८ दशमलव १३
सेकन्डमा १२६ फलोअरलाई एप्रुभ गर्दै विश्व रेकर्ड राखेका छन् ।
६) क्यालिफोर्नियाका टेलर होलिडे (Taylor Holiday) ले १३ दशमलव १ सेकेन्डमा “I”m trying to set a world record with @URDB and
@powerbalance मोवाईलवाट लेख्दै छोटो समयमा ट्वीट गर्ने व्यक्तिको रुपमा विश्व रेकर्ड राखेका छन् । सप्टेम्वर ६, २०१० मा होलिडेले सो विश्व रेकर्ड राखेका थिए ।
७) भारतका डा. कृष्ण शर्माले एउटा ट्वीटमा “आमा” शव्दलाई ४०
देशको भाषामा लेखेर विश्व रेकर्ड राखेका छन्। सन् २०१२ अगस्त २९ मा शर्माले विश्व रेकर्ड राख्न सफल भएका हुन् ।
८) ट्वीटरमा सामान्यतया दिनमा ३४० मिलियन भन्दा वढी ट्वीट हुने गरेको छ ।
९) ट्वीटरमा अनुमानित ५०० मिलियन भन्दा वढी प्रयोगकर्ता रहेका छन् ।
१०) ९ सय भन्दा वढी कर्मचारी कार्यरत
ट्वीटर, विश्वमा हेरिने उत्कष्ठ दश साईटभित्र पर्दछ ।
यो रोचक तथ्य लिभिङ विथ आईसीटीमा प्रकाशित भईसकेको छ ।
"ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य"
=> इन्टरनेट फिल्टर रिभ्युको सर्वेक्षणअनुसार विश्वमा प्रतिसेकेन्ड ३ हजार डलर भन्दा बढी रकम यस्ता साइटमा खर्च भैरहेको हुन्छ ।
=>१८ वर्षमुनिका व्यक्तिहरूले गुगल सर्च इन्जिनमा खोजी गर्ने शब्द 'सेक्स' र 'पोर्न'
सर्वाधिक ५ शब्दभित्र पर्छन् ।
=> ४३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अश्लील वेबसाइट हेर्छन् । त्यसमा प्रत्येक तीन जना प्रयोगकर्तामा एक जना महिला हुन्छन् ।
=> अश्लील वेबसाइटमध्ये केवल ३ प्रतिशत साइटले मात्र उमेर सोधेर साईटमा प्रवेश गराउँछन् ।
=>
इन्टरनेटबाट डाउनलोड गरिने सामग्रीहरूमध्ये ३५ प्रतिशत अश्लील विषयसँग सम्बन्धित हुन्छन् ।
=> इन्टरनेट प्रयोगकर्ताले एकपटकमा सरदर १५ मिनेट अश्लील साइट हेर्छन् ।
=> इन्टरनेटमा अश्लील साइट हेर्नेहरूमध्ये १० प्रतिशत पोर्नोग्राफीको लतमा फसेका हुन्छन् ।
=>९० प्रतिशत अश्लील श्रव्यदृश्यको उत्पादन अमेरिकाको स्यान फर्नान्डो भ्यालीमा हुन्छ ।
=> अश्लील चलचित्रका नायिकाहरूले वर्षको १ लाख डलरदेखि २ लाख ५० हजार डलरसम्म आम्दानी गर्छन् भने नायकहरूले वाषिर्क ४० हजार डलर आम्दानी गरिरहेका छन् ।