कुखुराको सुलीबाट बिजुली उत्पादन गर्ने
रत्ननगर (चितवन),
कुखुरा व्यवसायको हिसाबले राजधानी मानिने
चितवनमा यसको सुली प्रयोग गरेर
बायोग्यासमार्फत बिजुली निकालिने भएको छ
। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले
यसको सफल परीक्षण गरिसकेकाले यहाँ काम सुरु
गरिएको जानकारी दिएको छ ।
गएको वर्ष पूर्वी चितवनको चैनपुर
गाविसअन्तर्गत ज्यामिरेमा प्राविधिकहरू
कुखुरा को सुलीको प्रयोगबाट
बिजुली निकाल्न सफल भएका थिए ।
यो प्रयोग बाहिर विभिन्न देशमा प्रयोग
भइरहेकाले नेपालमा पनि विद्युत् भार
कटौतिको विकल्पको रुपमा परियोजना ल्या
इएको केन्द्रका सहमहानिर्देशक समीर थापाले
जानकारी दिए ।
खेर गएको सुलीबाट गरिएको परीक्षणले ५३
प्रतिशत इन्धन बचत गर्न सकिने विज्ञले
बताएका छन् । यहाँको विभिन्न पोल्ट्रीफर्मले
सात वर्षअघि नै सुलीको ग्यासबाट
खाना पकाउने काम गरे पनि विद्युत् भने
निकालिएको छैन । यसवर्ष भने वायोग्यास
प्रयोग गरेर नै समुदायलाई विद्युत् प्रवाह
गर्ने लक्ष्य रहेको थापाले बताए ।
चितवनलगायत कम्तीमा देशका विभिन्न
नौ स्थानमा परियोजना सञ्चालन गर्ने
केन्द्रको लक्ष्य रहेको छ ।
नेपालमा हाल १५ हजारको हाराहारीमा
कुखुरा फार्म छन् । चितवनमा मात्र ५४
वटा ठूला फार्म रहेको अनुसन्धानले देखाएको छ
। यहाँबाट करिब १४ मेघावाट विद्युत्
निकाल्न सकिने केन्द्रले जनाएको छ ।
अहिलेसम्म वायोग्यास प्रयोग गरिएकोमा अब
भने ग्यासलाई विद्युत्मा रुपान्तरण
गरी समुदायमा विद्युत् सेवा दिने लक्ष्य
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले
लिएको थापाले जानकारी दिए ।
एसियाली विकास बैंक र विश्व बैंकले
यसमा लगानी गर्ने
विषयमा सम्झौता भइसकेको । कसैले गर्न
चाहेमा २५ प्रतिशत अनुदान दिइने भएको छ ।
कुखुरा फार्मलगायत, गाई फार्म, विभिन्न
ठूला अस्पताल
तथा विद्यालयमा पनि यो अभियान चलाइने
केन्द्रले जनाएको छ ।
यस विषयमा अहिले देशभरी कार्यक्रम हुने
स्थानको छनोट भइरहेको समेत केन्द्रले
जनाएको छ । यसका लागि दुई करोड
अमेरिकी डलर रकम छुट्याइएको छ ।
No comments:
Post a Comment