February 22, 2013

ट्वीटर सम्वन्धी ‘१०’ रोचक तथ्य

ट्वीटर सम्वन्धी ‘१०’ रोचक तथ्य

१) माईक्रो व्लगिङ ट्वीटरको स्थापना सन् २००६ मा ज्याक डोर्षे (Jack Dorsey) ले गरेका हुन् ।

२) अडियो भिडियो सम्वन्धी काम गर्ने ओडियो (odeo) कम्पनीमा सञ्चार
आदानप्रदान गर्ने उदेश्यले ट्वीटरको विकास गरिएको थियो ।

३) ट्वीटरमा १४० अक्षरसम्म मात्र ट्वीट गर्न मिल्छ । त्यसैले यसलाई ईन्टरनेटवाट पठाईने एसएमएस पनी भनिन्छ ।

४) अमेरिकाका जोसेप क्यासवेल (Joseph Caswell) ले एक मिनेटमा ६२ ट्वीट गरेर विश्व रेकर्ड राखेका छन् । क्यासवेल
भन्दा पहिले अष्ट्रेलियाका माईकल विलसन (Michael Willson) ले एक मिनेटमा ४८ ट्वीट गर्दे रेकर्ड राखेका थिए ।

५) फ्लोरिडाका जोन गार्डेनर (Jon Gardner) ले १ मिनेट ३८ दशमलव १३
सेकन्डमा १२६ फलोअरलाई एप्रुभ गर्दै विश्व रेकर्ड राखेका छन् ।

६) क्यालिफोर्नियाका टेलर होलिडे (Taylor Holiday) ले १३ दशमलव १ सेकेन्डमा “I”m trying to set a world record with @URDB and
@powerbalance मोवाईलवाट लेख्दै छोटो समयमा ट्वीट गर्ने व्यक्तिको रुपमा विश्व रेकर्ड राखेका छन् । सप्टेम्वर ६, २०१० मा होलिडेले सो विश्व रेकर्ड राखेका थिए ।

७) भारतका डा. कृष्ण शर्माले एउटा ट्वीटमा “आमा” शव्दलाई ४०
देशको भाषामा लेखेर विश्व रेकर्ड राखेका छन्। सन् २०१२ अगस्त २९ मा शर्माले विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

८) ट्वीटरमा सामान्यतया दिनमा ३४० मिलियन भन्दा वढी ट्वीट हुने गरेको छ ।

९) ट्वीटरमा अनुमानित ५०० मिलियन भन्दा वढी प्रयोगकर्ता रहेका छन् ।

१०) ९ सय भन्दा वढी कर्मचारी कार्यरत
ट्वीटर, विश्वमा हेरिने उत्कष्ठ दश साईटभित्र पर्दछ ।

यो रोचक तथ्य लिभिङ विथ आईसीटीमा प्रकाशित भईसकेको छ ।

No comments: