February 9, 2013

ट्वीटर र फेसबुकमा ब्लक # Facebook # Twitter # Block

ट्वीटर र फेसबुकमा ब्लक # Facebook #
Twitter # Block


# ट्वीटरमा ब्लक गरे के हुन्छ ??

ट्वीटरमा कसैलाई ब्लक गरे पछी तपाईले ब्लक
गरेको ट्वीटर
खातावालाको टाईमलाईनमा तपाईको कुनै
ट्वीट देखीदैन । धेरै दिन सम्म तपाईको ट्वीट
उसको टाईमलाईनमा नदेखीदाँ झुक्कीएर
अनफलो पो भयो कि भनेर तपाईलाई फेरी फलो गर्न चाह्यो भने उसले तपाईलाई
फलो गर्न सक्दैन । बरु ट्वीटरले तपाईद्वरा उसलाई ब्लक गरीएको छ भन्ने पपअप म्यासेज देखाई दिन्छ । उसले तपाईलाई
रिफलो गर्नु अगी सम्म तपाईले उसलाई ब्लक
गर्नु भएको कुरा उसले थाहा पाउदैन किन भने
तपाईको पब्लीक प्रोफाईल हेर्न सक्छ र तपाईलाई मेन्सन गरेर ट्वीट गर्न सक्छ ।
यती सबै भई सक्दा पनि उसलाई ट्वीटले
चाँही कुनै नोटिफिकेसन दिदैन । अँ पब्लीक
प्रोफाईल पढ्न सक्छ भन्नाले उसको टाईमलाईनमा तपाईको ट्वीट पढ्न सक्छ भन्ने चाही हैन नि ! किन भने यसो गर्न सकिदैन भनेर मैले माथी नै भनि सके नि :p

# फेसबुकमा ब्लक गरे पछी के हुन्छ ?

फेसबुकमा कुनै (फेसबुक) फ्रेण्डलाई ब्लक
गर्नुको मतलब
उसको टाईमलाईनमा तपाईको स्टाटस अपडेट
नदेखीनु हो । उसकोमा मात्र हैन
तपाईको टाईमलाईनमा पनि उसको स्टाटस
देखीदैन । फेसबुकमा कुनै फ्रेण्डलाई एक पटक
ब्लक गरे पछी तपाई सँगको उसको सबै कनेक्सन
टुट्छ । अर्थात तपाँई र उ बिचको म्युचुवल
फ्रेण्डसिप नदेखीने मात्र हैन सर्च
गर्दा पनि एक अर्काको नाम देखिदैन ।
ब्लक गरेको फेसबुक फ्रेण्डलाई अनब्लक गरे
पनि तपाँई र उ बिचको कनेक्सन रिस्टोर हुदैन
तपाईले फेरी उसलाई फ्रेण्ड रिक्वेश्ट पठाउनु
पर्छ जसलाई उसले एसेप्ट गरे पछी मात्र
टाईमलाईनमा देखीन थाल्छ ।

No comments: