February 9, 2013

फोटोलाई तुरुन्तै भिडियो वनाउने एप्स – पिकोभिको

फोटोलाई तुरुन्तै भिडियो वनाउने एप्स – पिकोभिको

आफन्तको विवाह,पार्टीमाजादा धेरै फोटोहरु
खिच्नुभएको छ,साथीभाईसगाको टुर (भ्रमण)
मा त फोटो खिच्न छुटाउनुनै भएको छैनहोला ।
तपाईसंग धेरै फोटोहरु भईसके, सवैलाई सोसिएल
साईटमा राख्नुछ, र आफ्ना आफन्त
तथा साथीभाईलाई देखाउनु छ ।
व्यस्तताको वावजुत पनि त्यति धेरै कामलाई
छोटो समयमा सकाउनु छ भने
तपाईको लागी पिकोभिको एप्स
( www.picovico.com) वरदान सावित
हुनसक्छ ।
मनिष मोदी र सुरज सुरज सापकोटाले धेरै
मेहनत गरेर फोटालाई भिडियोमातुरुन्तै
कन्भर्ट गर्न सकिने एप्सनिर्माण गरेका हुन्
जसमा तपाईले फोटालाई भिडियोमा कन्भर्ट
गर्न सकिन्छ । चाहे
त्यो फेसबुकमा रहेका तस्विरहरु हुन्
वा कम्प्युटरमा भएका तस्विरहरु नै
त्यसमा ब्याकग्राउण्ड म्युजिक अनिवार्य हुन्छ

एप्स
विकासकर्ता जानकी टेक्नोलोजीका मनिष
मोदी र सुरज सापकोटा
यो प्रविधी जानकी टेक्नोलोजीले विकास
गरेको हो । सोसियल साईटमा राखिएको धेरै
फोटा हेर्न निकै झन्झट र लामो समय लाग्ने
हुादाएक क्लिकमै खिचिएको सम्पुर्ण फोटोहरु
भिडियो मार्फत हेर्न र देखाउन सकियोस् भन्ने
उदेश्यले यो एप्सको विकास गरिएको सफ्टवेयर
निर्माण कम्पनी जानकी टेक्नोलोजीले
जनाएको छ । पिकोभिको डटकमवाट कुनै
एकलुक्समा मात्रनभएर
मल्टि लुक्समा भिडियो वनाउन सकिन्छ ।
फोटालाई भिडियो वनाउन चारवटा चरण
पुरा गर्नुवपर्ने हुन्छ ।
जसमा भिडियो स्टाईल,फोटो एवं म्युजिक
छनोट र भिडियोको नामाकरण गर्न सकिनेछ ।
वनिसकेको भिडियोलाई फेसवुक या यूट्यव कुन
फर्मेटमा राख्ने अनि पव्लिक वा प्राईभेट के
गर्न चाहनुहुन्छ सो छनोटको सुविधाप्रयोग
सकिने छ ।
पिकोभिको कुनै ट्रायल भर्सनमानभएर
व्यवसायीक भईसकेको छ । मुभिमेकरवाट कुनै एक
भिडियो वनाउन ३० मिनेट लाग्छ भने
पिकोभिकोवाट १ मिनेटमै वनाउन
सकिनेकम्पनीको दावी छ । यो प्रविधिलाई
आईफोन, एण्ड्रोईड, विण्डोज, आईप्याड
एप्समा पनि विकास गर्न लागिएको कम्पनीले
जनाएको छ । हाल नेपाल र भारतमा वढी युजर
रहेको यो एपलाई चिली सरकारले समेत
रुचाएको छ ।
चिलि सरकारको सहयोगमा त्यहा प्रोजेक्ट
सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक
अमितअग्रवाल वताउनुहुन्छ । साधारण
ईन्टरनेट चलाउन सक्ने युजरलाई
ध्यानमा राखेर विकास गरिएको यो एप्स धेरै
उपयोगी रहेकाले चाडै विश्वबजारमाजम्ने
कम्पनीले जनाएको छ । जानकी ईन्टरप्राईजेजले
पिकोभिको मात्रनभएर, स्प्यारो एसएमएस
सेवा,सोसिएलमार्केटिङ, सफ्टवेयर निर्माण
लगायतको क्षेत्रमा समेत कामगर्दै आईरहेको छ।

No comments: